नयाँ दिल्लीमा बढ्यो प्रदूषण : नोभेम्बरमा विगत ६ वर्षयताकै सबैभन्दा बढी

एजेन्सी । दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ ।  नोभेम्बरमा कूल ११ दिनमा वायु प्रदूषणको मात्रा अत्यधिक नराम्रो रहेको उक्त संस्थाले जनाएको छ । यो सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो ।

तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको बीबीसीले उल्लेख गरेको छ । विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।

लम्बिएको मनसुनले पराल बाल्ने कार्यलाई नोभेम्बरमा धकेलेको कारण वायु प्रदूषण बढेको वायु स्तर मापनसम्बन्धी निकायका डा. गुफ्रान वेगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : ३५ बजे