कोठाभित्र आगलागी हुँदा निसास्सिएर मृत्यु

दोलखा – तामाकोशी गाउँपालिका-२ बस्ने २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ६ दिनकी छोरीको कोठाभित्र निसास्सिएर मंगलबार राति मृत्यु भएको छ ।

कोठाभित्र बच्चा सेक्न कराईमा बालेको कोईलाबाट दराजमा आगो लाग्दा सोही आगोको धुवाँबाट निसास्सिएर उनीहरूको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी छौडेबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ०५ बजे