सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी पक्राउ

कास्की – ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२० भलाम घर भई हाल पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका-१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१७ महतगौडास्थित तिहारको समयमा गत कात्तिक २० गते बिहान झै-झगडा हुँदा ४ जना व्यक्तिहरूलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाई फरार रहेको घटनामा संलग्नमध्ये गुरुङलाई कात्तिक २९ गते र कार्कीलाई मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा रूपन्देही जिल्लाको बुटवलबाट पक्राउ गरेको हो ।

उनीहरू उपर ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ४६ बजे