दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सर्वोच्चमा पहिलो पटक गोला प्रथाद्वारा ११ वटा इजलास गठन 

काठमाडौँ । सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक गोला प्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । 

पेसी व्यवस्थापन समितिका तर्फबाट आज पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । 

सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार आज पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो । 

गोला प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । 

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२:०० बजेसम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ । 

 

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : २२ बजे