चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको मतगणनाको नतिजा आउनेक्रम जारी छ । । हालसम्म अध्यक्षमा उठ्नुभएका केपी शर्मा ओली १८३७ मतले विजय नजिक हुनुहुन्छ भने उहाँका प्रतिस्प्रधी भिव रावलको पक्षमा जम्मा २२३ मत प्राप्त भएको छ ।
हालसम्मको उपाध्यक्षको मतपरिणाम हेर्दा उपाध्यक्षमा उठ्नुभएका नेता घनश्याम भुसालको पराजय निश्चित भएको छ । उहाँ फराकिलाे मतान्तरले पराजय हुने देखिएको हो ।
हालसम्म प्राप्त उपाध्यक्षको नतिजा यस प्रकार छ :
अष्टलक्ष्मी शाक्य : १९७६
विष्णु पौडेल : १९२५
सुरेन्द्र पाण्डे : १८५६
सुवास नेवाङ : १८६५
युवराज ज्ञवाली : १८४२
रामबहादुर थापा बादल : १७६८
घनश्याम भुसाल : ७२५
निर्वाचन आयोगले केही समयमै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार ४ : ०४ बजे
प्रतिक्रिया