देशभर तापक्रम घट्दै : केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको दिउँसो पनि देशभर आँशिक बदली रहने छ।

राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली  रहने र सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ५० बजे