म्याग्दी जिप दुर्घटनामा मृतकको संख्या चार पुग्यो (अपटेड)

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिम जाँदै गरेको ग १ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा थप चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ३० वर्षीया गौमाया विक, करिब ३५-४० वर्षीय दुढबहादुर थापा, करिब २५(३० वर्षीया खिमु पुन र करिब ४५–५० वर्षीय खिमानन्द शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : १२ बजे