राजमार्गमा दृष्य एक, पीडा अनेक

अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, प्रस्तावकमा पौडेल र समर्थकमा पोखरेल

चितवन । सौराहामा जारी नेकपा (एमाले)को दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि आज भिम रावलसँगै केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ । निर्वाचन प्रक्रिया सुरु भएलगत्तै दुवै जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

ओलीलाई विष्णु पौडेलले प्रस्ताव गर्नुभएको छ भने शंकर पोखरेलले समर्थन गर्नुभएको छ । रावललाई भने महादेव बजगाईंले प्रस्ताव गर्नुभएको छ भने दुधकला विष्टले समर्थन गर्नुभएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ५३ बजे