राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले अध्यक्षका लागि ओलीको उम्मेदवारी दर्ता, फराकिलो अन्तरले रावलले चुनाब हार्ने निश्चित

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । बन्दशत्रको हलले शनिवार सर्वसम्मत अध्यक्षमा ओलीलाई चयन गर्ने निर्णय गरेपनि उपाध्यक्ष भीम रावलले निर्वाचनमा जाने र आफुपनि दाबेदार भएको घोषणा गरेसँगै अध्यक्ष ओलीपनि चुनावी प्रतिस्पर्धामा जानुभएको हो । 
एमालेको जारी १० औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिनुभएका रावलले फराकिलो मतान्तरले हार्ने प्राय निश्चित छ । यद्यपी उहाँले आफू चुनावको परिणाम स्विकार्ने बताउँदै आउनुभएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ५४ बजे