राजमार्गमा दृष्य एक, पीडा अनेक

युवराज ज्ञवालीद्वारा उपाध्यक्ष र प्रदीप ज्ञवालीद्वारा उपमहासचिवमा उम्मेदवारी दर्ता

चितवन । सौराहामा जारी नेकपा (एमाले)को महाधिवेशनमा उपाध्यक्षका लागि युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोही पदमा घोषणा गरिसक्नुभएको थियो ।

एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भइसकेको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छन् । यसअघि एमाले अध्यक्षका लागि भीम रावलले पनि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।

अहिले धमाधम उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ०४ बजे