राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले महाधिवेशन : अध्यक्ष पदका लागि आज चुनाव हुँदै, यस्तो छ निर्वाचन तालिका

 चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ ।

सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर सोमबार दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गर्नुभएको थियो । मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल भएको थियो । 

ओलीले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गर्नुभएको थियो । तर रावलले उक्त प्रस्तावलाई अस्वीकार गर्नुभएको थियोे । भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।

केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने जनाएको छ । आयोगले संशोधनसहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

यसअघि गएराति नै मतदाता नामावली प्रकाशन गरिएको थियो । आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।

सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ०६ बजे