चितवन – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताउनु भएको छ ।
कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताउनुभएको हो ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भन्नुभयो , 'हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।'
नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन ।
प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार ८ : ४९ बजे
प्रतिक्रिया