राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले बन्दसत्र सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो: शेरबहादुर तामाङ

चितवन – नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताउनु भयो ।

उहाँले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताउनु भएको छ ।  

'चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ', उहाँले भन्नुभयो । उहाँले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताउनु भयो । यसका साथै उहाँले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताउनु भएको छ ।

बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : २४ बजे