‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पक्षमा पनि छैनौ, विपक्षमा पनि छैनौ : महन्थ ठाकुर 

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनो पार्टीले कसैलाई मत नदिने बताउनुभयो ।  प्रतिनिधि सभामा विश्वासको मत उपर छलफलमा भाग लिँदै उहाँले आफ्ना माग मुद्दाको उपचार प्रधानमन्त्री केपी शर्मा ओलीले थाल्नुभएको भए पनि विश्वासको मत दिने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीहरु कसैको पक्षमा पनि छैनौ र कसैको विपक्षमा पनि छैनौं । 
हामी लोकतन्त्र आएपछि पनि पीडित अवस्था छौँ । हाम्रा सांसद् जेलमा छन् रेशम चौधरीलाई हामी यहाँ हेर्न चाहन्थ्यौँ तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा प्रदेशका मन्त्री र मेयर तारिखमा छन् । अहिलेको अवस्था हामी जे हेर्छौँ, यो संवधिानको त्रुटीले नै हो । संविधानमा गम्भीर त्रुटी देखिएको छ ।’

उहाँले भन्नुभयो’ ‘अहिले पनि हामी भेदभावबाट पीडित छौ’

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : १७ बजे