शेयर बजारमा पहिरो

काठमाडौं – मौद्रिक नीति समीक्षा पछि शेयर बजारमा पहिरो गएको छ । मार्जिन लेण्डिङ सिमा यथावत नै गरिएसंगै लगानीकर्ता थप निराश भएर बजारमा पहिरो  गएको हो  ।

शेयर बजारमा आज एकै दिन ८० अंकले गिरावट आएर २६ सय ५१ मा आएर थामिएको छ । आज कारोबार केही बढेर ६ अर्ब नजिक पुगेको छ भने सबै समूह राताम्मे रहँदा ८० अंकले गिरावट आएको हो । नेप्सेमा आइतबार २ सय ३४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

सबैभन्दा उच्च गिरावट जीवन बीमा समूहमा आएको छ भने निर्जीबन बीमा समूह पनि ४ सय अंकको गिरावट आएको छ । विकास बैंक समूहमा साढें २ सय अंक र उत्पादनमूलक समूहमा २ सय अंकको गिरावट आएको छ ।

त्यस्तै व्यापार, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त समूह पनि सय अंक बढीको गिरावट आएको छ । वित्त, अन्य र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओरालो लागेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०४ बजे