थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ८  हजार ९१८ जनामा परिक्षण गर्दा १५८ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६  हजार ९६६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२३   पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ४७ बजे