महाधिवेशनको मुखैमा कांग्रेसले फेर्यो  केन्द्रीय निर्वाचन समिति संयोजक

​​​​​​​काठमाडौं । नेपाली काग्रेंसले महाधिवेशनको मुखैमा  केन्द्रीय निर्वाचन समिति संयोजक फेरेको छ । संयोजक रहेका वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजनीमा स्वीकृत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गर्नुभएको हो । यसअघि घिमिरे समितिका वरिष्ठ सदस्य हुनुहुन्थ्यो ।

संयोजक यादवले  एक महिनाअघि पदबाट राजीनामा दिनुभएपनि स्विकृत गरिएको थिएन । 

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : ३४ बजे