निर्वाचन गराउने भोटिङ मेसिनमा प्राविधिक समस्या

सौराहा । नेकपा एमालेको १० महाधिबेशनमा ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ ।

विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कमिटीमा २२५ जना रहेकाले इलेक्ट्रोनिक भोटिङ मेसिनलाई त्यहीअनुसार व्यवस्था गरिएको थियो तर अहिले  ३०१ पदमा निर्वाचन गराउनु पर्ने भएकोले समस्या देखिएको हो ।

केन्द्रीय कमिटी ३०१ पुगेपछि भोटिङ मेसिनको सफ्टवेयरलाई परिवर्तन गर्नुपर्ने भएकोले उक्त ब्यवस्थापन गर्न थप समय लाग्ने भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : ३१ बजे