पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिने सहमित ! बादल उपाध्यक्ष र रायमाझी सचिव

चितवन । एमाले १०औं महाधिवेशन अन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेट्नुभएको छ  । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उहाँहरूको वार्ता सकिएको छ । 

वार्तामा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्नेसहमती भएको बताईन्छ ।

सहमती अनुसार  नेता रामबहादुर थापा बादललाई उपायक्ष र  सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य बनाउने सहमती भएको बताइन्छ । 

एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ ।
उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि पूर्वमाओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न जानुभएको थियो । 
होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साह बस्नुभएको थियो । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : २३ बजे