आचार संहिता उल्लंघन गर्दै रावल

रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बन्दसत्र हलबाट बाहिर निकाले

 

सौराहा । पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी भएपनि एमालेको १०औं महाधिवेशनमा नेता भिमरावले त्यसको उलंघन गर्नुभएको छ । आचारसंहिताको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्वीरसहितको सानो पुस्तिका (पर्चा) वितरण गरिएको हो ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नसभएको छ । तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा हुनुहुन्छ ।

यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उहाँ निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।
यसैबीच बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलले बाँड्नुभएको  पर्चा खोसिएको छ । आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको हो ।

रावल पक्षधरले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोस्नुभएको हो  ।

​​​​​​​

 

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : १२ बजे