महाधिवेशनले बन्दसत्र बाहिर पनि पार्टी छ भन्ने हेक्का राखोस् 

​​​​​​​नेकपा(एमाले) देशको सबैभन्दा ठुलो र लोकप्रिय पार्टी भएको पुष्टि भएको छ । यही मङ्सिर १० गते सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा जुटेको जनसागरले यसको पुष्टि गरेको हो । पार्टीको  महाधिवेशन भनेको कुनै आन्दोलन होइन, यो पार्टीको नियमित आन्तरिक काम हो । तर पनि लाखौँको सङ्ख्यामा मानिसहरूको सहभागिता महत्त्वपूर्ण विषय हो । यस्तो जनसहभागिताले अनेक सन्देश दिएको देखिन्छ । 

तीमध्ये केही यस प्रकार छन् : पहिलो, नेकपा (एमाले)को जनआधार बलियो छ । दोस्रो, एमालेले गरेका कामप्रति जनताको समर्थन छ । तेस्रो, नेकपा(एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार हो । चौथो, जो कोही होस्, गुटफुट, बहिर्गमनलाई जनसमर्थन रहँदैन । पाँचौँ, नेतृत्वमा मात र घमण्ड नहुर्कियोस् । छैटौँ, राजनीति जनता र राष्ट्रलाई सर्वोपरि राखेर गर्नुपर्दछ । सातौँ, राष्ट्रिय स्वाभिमान, सन्तुलित परराष्ट्र नीतिको पक्षपोषण हुन्छ । आठौँ, राष्ट्र निर्माणका लागि नयाँ सपना र सङ्कल्पको अनुमोदन हो । यी सबैका लागि मूल नेतृत्वको दूरदर्शिता, क्षमता र क्रियाशीलता सर्वोपरि हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति जनताको अगाध विश्वासले ठुलो काम गरेको छ । 

नेकपा (एमाले) यस्तो अवस्थासम्म आई पुग्नमा यसका सबै तहका नेता—कार्यकर्ताहरूको त्याग, निष्ठा र बलिदानको भूमिका छ । अहिलेको नेतृत्वले पाएका सबै जसका लागि एउटा सानो कालखण्ड र थोरै नेताको मात्र सामर्थ्य प्रयोग भएको छैन । देखिने, नदेखिने, देखिएका, नदेखिएका हजारौँ मानिसहरूको योगदान यसमा मिसिएको छ । महाधिवेशनको बन्दशत्रमा पुगेकाहरूको मात्र योगदानबाट पार्टीले यो उचाइ प्राप्त गरेको होइन । महाधिवेशन प्रतिनिधिहरूले आफ्ना बारेमा भन्दा आफूलाई यहाँसम्म पु¥याउनेहरूबारे सोच्न आवश्यक छ ।  

पार्टीको विशाल उद्घाटन समारोहमा देशभित्रका राजनीतिक दलहरूका शुभकामना प्राप्त भएको छ । सबैले एमालेको विशालतालाई स्वीकार गरेका छन् र थप अपेक्षा पनि व्यक्त गरेका छन् । पार्टीले हिजो बन्द सत्रको हलभित्र विदेशी पाहुनाहरूको मन्तव्य र शुभकामना प्राप्त गरेको छ । प्राप्त शुभकामना सन्देशहरूमा पार्टी पार्टीका हिसाबले मात्र नभई राष्ट्रको अग्रगामी जिम्मेवारी राजनीतिक शक्तिका हिसाबले सिङ्गो नेपालको विकाससँग जोडेर शुभकामना प्राप्त भएको छ । एमालेलाई दिइएको शुभकामनामा देशको विकासको विषय जोडिनुबाट यो पार्टीले पार्टीका लागि मात्र ध्यान दिएर पुग्दैन, समग्र देशको विषयमा ध्यान दिन पर्ने रहेछ भन्ने स्पष्ट भएको छ । यसको धेरै अर्थ र महत्त्व छ । 

पार्टीको बन्दशत्र प्रारम्भ भएसँगै भावी नेतृत्व निर्माणमा ध्यान केन्द्रित भएको छ । अहिले नेतृत्वमा रहेर योगदान गरिरहेका नेताहरू आफ्नो जिम्मेवारी र भूमिकालाई निरन्तरता दिन, एक तहमा माथिल्लो जिम्मेवारी र भूमिकाको अपेक्षा गर्नुभएको होला । केन्द्रीय जिम्मेवारी र भूमिकामा नरही सामाजिक रूपान्तरण र स्थानीय तहको पार्टी निर्माणमा संलग्न रहँदै आएका प्रतिनिधिहरू नयाँ जिम्मेवारी र भूमिकाको अपेक्षामा हुनहुन्छ । यस्तो हुनु अस्वाभाविक होइन । तर पनि पदको सीमितता, नयाँ पुरानाबीच सन्तुलनको आवश्यकता आदिलाई ध्यान दिएर नै आफ्ना चाहनाहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ । बरु, कुनै पदीय कार्यकारी जिम्मेवारीमा नरहेकाहरूलाई पनि अवसरहरूमा ध्यान दिइने पद्धति विकास गर्न आवश्यक देखिन्छ । पदमा भएकाहरूलाई सम्बोधन भइरहने, अवसरमा पहुँच भइरहने तर कुनै पदीय जिम्मेवारीमा नरही समाज, जनता र राष्ट्रको हितको पक्षमा निरन्तर क्रियाशील रहनेहरूप्रति पनि ध्यान दिने परिपाटी विकास गर्न सके भविष्यमा पदको आकाङ्क्षा कम हुने वास्तविक योगदान बढाउन सकिने हुन्छ कि ? यसतर्फ पनि महाधिवेशनको ध्यान जान आवश्यक देखिन्छ । 

मूल प्रवाहको गौरव र विरासत बोकेको सर्वाधिक लोकप्रिय पार्टी भएको हुनाले यसका नेताहरू झन् बढी संयमित र संवेदनशील हुनु पर्दछ । नेकपा (एमाले) यस्तो अवस्थासम्म आई पुग्नमा यसका सबै तहका नेता—कार्यकर्ताहरूको त्याग, निष्ठा र बलिदानको भूमिका छ । अहिलेको नेतृत्वले पाएका सबै जसका लागि एउटा सानो कालखण्ड र थोरै नेताको मात्र सामर्थ्य प्रयोग भएको छैन । देखिने, नदेखिने, देखिएका, नदेखिएका हजारौँ मानिसहरूको योगदान यसमा मिसिएको छ । महाधिवेशनको बन्दशत्रमा पुगेकाहरूको मात्र योगदानबाट पार्टीले यो उचाइ प्राप्त गरेको होइन । महाधिवेशन प्रतिनिधिहरूले आफ्ना बारेमा भन्दा आफूलाई यहाँसम्म पु¥याउनेहरूबारे सोच्न आवश्यक छ ।  

आम रूपमा कम्युनिष्ट आन्दोलन, त्यसमा पनि नेपाली कम्युनिष्ट आन्दोलन र यसमा पनि नेकपा(एमाले) माथि चौतर्फी घेराबन्दी छ । सामुन्नेमा मीठो बोलिरहेकाहरूले पनि यसप्रति आरिस राखेकै छन् । कुनै पनि बहानामा कुनै पनि मात्रामा एमालेमा चर देखिनासाथ यसभित्र चियाउने र छिर्ने प्रयत्न हुन्छ भन्ने हेक्का राखौँ ।

नेताले नीति निर्माण र कार्यान्वयनमा बढी ध्यान र समय लगाउन आवश्यक छ । नेतृत्व निर्माण इच्छा, आकाङ्क्षा र आग्रहले हुने विषय होइन । यसका अनेकौँ आयाम र पक्षहरू हुन्छन् । नेता अयोग्य भएर होइन, पदको सीमितता र योग्य मानिसहरूको बहुतायतले सबै मानिसहरू एउटै भूमिकामा अटाउन सक्दैन । यसका लागि सहमति र प्रतिस्पर्धाको बाटो अपनाइन्छ । विचारको विषय प्रमुख भइरहेका बेला प्रतिस्पर्धाको बाटो सही हुन्छ भने त्यसो नहुँदा सहमतिको बाटो नै उत्तम बाटो हुन्छ । नेकपा (एमाले)मा तत्काल वैचारिक मतभेद जस्तो विषय देखिँदैन । प्रतिस्पर्धा पनि सहमति गरेर नै गर्न नसकिने होइन । प्रतिस्पर्धा उत्तम तरिका हुँदाहुँदै पनि विगतका घटनाबाट कार्यकर्ता सशंकित छन् । प्रतिस्पर्धाको माग गर्ने तर, पराजयको अवस्थामा अरूमाथि दोषारोपण गर्ने प्रवृत्ति देखिएको थियो । त्यति मात्र होइन, आफ्नो जितका लागि कित्ता नै निर्माण गर्ने काम पनि भएको हो । यसबाट एउटा कार्य अवधिभरि जित्ने सत्तापक्ष र हार्ने प्रतिपक्ष जस्तो देखिएको हो । यसले पार्टीभित्र स्थायी पक्ष—प्रतिपक्ष बनाइराख्न सहयोग पु¥यायो । विचारमा यस्तो हुनु राम्रो हो, तर व्यक्तिका बारेमा यस्तो हुनुले नेतृत्व विकासमा सकारात्मक योगदान सुनिश्चित हुन सकेको देखिएन । यद्यपि, निर्विवाद र निर्विकल्प भन्ने केही हुँदैन तथापि सापेक्ष रूपमा हेर्दा र आम मनोविज्ञान बुझ्दा मूल नेतृत्व (अध्यक्ष) पदका लागि ठुलो विवाद र विकल्प देखिएको छैन । 

यस्तो बेला उपयुक्त नेतृत्व निर्माण गर्नु पनि आफैमा एउटा परीक्षण हो । कार्यकर्तालाई त्यागको शिक्षा दिने, आफूले त्याग गर्न नसक्ने प्रवृत्ति लुकाएर लुक्दैन । आफूले भने जस्तो हुँदा सहमति र अन्यथा हुँदा विमतिको खेल खेल्नु सुहाँदिलो विषय हुन सक्दैन । 

आम रूपमा कम्युनिष्ट आन्दोलन, त्यसमा पनि नेपाली कम्युनिष्ट आन्दोलन र यसमा पनि नेकपा(एमाले) माथि चौतर्फी घेराबन्दी छ । सामुन्नेमा मीठो बोलिरहेकाहरूले पनि यसप्रति आरिस राखेकै छन् । कुनै पनि बहानामा कुनै पनि मात्रामा एमालेमा चर देखिनासाथ यसभित्र चियाउने र छिर्ने प्रयत्न हुन्छ भन्ने हेक्का राखौँ । देशको वर्तमान र भविष्यका लागि आफ्ना पदीय महत्त्वाकाङ्क्षा त्यागौँ । 

सहमतिमा मतको सम्मान हुन्छ, प्रतिस्पर्धामा मतको प्रयोग मात्र हुन्छ । सहमतिको प्रभाव र प्रतिस्पर्धाको असर कस्तो हुन्छ ? विगतलाई पनि स्मरण गर्न आवश्यक छ । आम रूपमा प्रतिस्पर्धा गलत नभए पनि हरेक ठाउँ र सन्दर्भका लागि अचुक रामवाण होइन भन्ने बुझ्न आवश्यक छ । 

 

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ४६ बजे