‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बेलायतमा नयाँ भेरियन्टको त्रास बढेसँगै मास्क अनिवार्य

एजेन्सी । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालिसकेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्देशन दिएका छन्। कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायतले यस अघि नै दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ। 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : १० बजे