साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बार्सिलोनाको छैटौं जित

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगामा छैटौं जित निकालेको छ । शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३–१ को सहज जित हात पारेको हो ।

बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १ गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला लिगामा दोस्रो जित हो । 

शनिबार राति भएको अन्य खेलमा मालोर्काले गटाफेसँग गोलरहित बराबर खेल्यो । यस्तै भ्यालेन्सिया र रायो भालेकोनोले १–१ गोलको बराबरी खेल्दैे अंक बाढेका हुन् ।

सेल्टा भिगोले भने डिपोर्टिभो अलाभेसलाई २–१ ले पराजित गर्यो । 

जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल मड्रिडकाे ३० अंक रहेकेा छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ५५ बजे