एमाले महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई

चितवन । नेकपा (एमाले)को सर्वसम्मत नेतृत्व चयन गर्ने सम्पूर्ण अधिकारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । चितवनमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारबाट सुरु भएको बन्दसत्रमा हलले अध्यक्ष ओलीलाई सर्वसम्मतिका लागि अधिकार प्रदान गरेको हो ।

एमालेले यसपटक नयाँ नेतृत्व सर्वसम्मतिले गर्ने प्रयास गरिरहेको छ । साथै नेताहरुले पनि सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै टुंगिने भएका छन् । आज नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन समापन हुनेछ । 

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हिजोको बन्दसत्रले शुक्रबार चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको १५ औँ बैठकले गरेको प्रस्ताव पारित गरेको छ ।

दशौँ महाधिवेशनकोे बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेको महाधिवेशन प्रचारप्रचार कमिटीका संयोजक योगेश भट्टराईले बताउनुभयो ।

बन्दसत्रले १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने, २० कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने, ३० पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकार सहित पदेन केन्द्रीय सदस्य रहने, ४० पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने, ५० केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५सदस्यीय हुने, ६० स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने,  प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुने र बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ ।

जसअनुसार, प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने, उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने, सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने, आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने, तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने, दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने, थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने, मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने, श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने, पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने, खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने, ८० केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने र
९० बन्द सत्रका अन्य कार्यक्रम मिति २०७८ साल मंसिर १२ गते विहान १० बाट सुरु हुने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ५९ बजे