भीम रावललाई ओलीको जवाफ- उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताउनु भएको छ । उहाँले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताउनु भएको हो ।

ओलीले सहमतिको प्रयास गर्दै आउनु भएपनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आउनु भएको छ । 'विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भन्नुभयो ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भन्नुभएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ०८ बजे