एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता नहुने

चितवन । नेकपा एमालेको जारी १०औँ महाधिवेशनको बन्दसत्र आजदेखि चितवनमा सुरु भएको छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने जनाइएको छ । 
 
बन्दसत्रको उद्घाटन भएपनि आजै बन्दसत्रको थप कार्यक्रम नहुने एमालेका एक नेताले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रतिनिधिसभा सदस्य रहेका ती सांसदका अनुसार आज बेलुका महाधिवेशन प्रतिनिधिसँग अध्यक्ष ओलीले खाना खुवाउने कार्यक्रम छ । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ३२ बजे