एमालेको नीति नै राष्ट्रिय नीति बनिरहेको छ : ओली

चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताउनु छ । 

‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,’ उहाँले भन्नुभयो । 

प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । ‘हामी सुखी नेपाली, सम‌ृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं’, ओलीले भन्नुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : १० बजे