एनपीएलको ट्रफी सार्वजनिक

कोरोनाबाट होम आइसोलेशनमै मृत्यु

काभ्रेपलाञ्चोक – कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्् । 

    अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् । 

    शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो । 
 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : २१ बजे