एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा आओस् : श्रीलंकाली नेता लेडार

चितवन । श्रीलंकाको जेबिपीका नेता विजिता लेडारले एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिनुभएको छ  । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा नेता लेडारले यस्तो शुभकामना दिनुभएको हो ।

सो अवसरमा उनले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेको र एमालेसँग सहकार्य पनि गरिरहेको बताउनुभयो । उहाँले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताउनुभयो  । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : ३७ बजे