साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

भक्तपुर । भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रसारण लाइन भूमिगत गरिने भएको छ । 

प्रसारण लाइन भूमिगत गर्ने भएपछि शुक्रवार नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा  जानकारी गराएको हो । 

वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताउनुभयो । 

आयोजनाका इन्जिनियर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रसारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताउनुभयो । 

नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ३३ बजे