साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गर्नुभएको छ । 

लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा पार्टीका आधिकारिक धारणा, गतिविधि र दस्तावेज रहने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

नारायणी किनारमा निर्मित मञ्चमा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गरेपछि अहिले विभिन्न दलका नेताको शुभकामना मन्तव्यको क्रम जारी छ । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ४७ बजे