राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताउनुभएको छ । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताउनुभयो । 

देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उहाँको भनाइ छ । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ४० बजे