एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने  विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम सुरु भएको छ । नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि शुभकामनाको क्रम सुरु भएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, जसपाका उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायतले सम्बोधन गरिसक्नुभएको छ । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ । केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गर्नुभएको थियो । उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला,  धून र झाँकी प्रदर्शन गरिएको थियो । सभामा विभिन्न स्थानबाट ¥यालीसहितको जनसहभागिता बढिरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : २९ बजे