एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव 

चितवन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले देश र जनताका लागि  एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिनुभयो । 

राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उहाँले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिनुभएको हो । 
 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : २३ बजे