काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा आज मलेसिया विरुद्ध खेल्दै छ ।
दुबईको आइसिसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ः०० बजे सुरु हुनेछ ।
ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसिया विरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसिया विरुद्ध २ अङ्कको खोजीसहित नेट रन रेटलाई सुधार गर्ने योजनामा हुनेछ ।
३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्यो ।
आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक युएई ६ अङ्कसहित शीर्ष स्थानमा छ ।
नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा युएईको सामना गर्नेछ । नेपालले सन् २०१९ मा भएको दुवै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो ।
आज हुने अर्को खेलमा हङकङले भुटानको सामना गर्नेछ ।
प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार ८ : ३९ बजे
प्रतिक्रिया