दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन, बाहिरबाट ल्याइयो थप ट्राफिक प्रहरी

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ । 

भोलि शुक्रबार नारायण नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो । 

बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको बताए । 

उनकाअनुसार सय जना बाहिर प्रदेशबाट झिकाइएको छ । ६० जना आन्तरिक प्रदेशबाट खटिएका छन् । प्रदेश ट्राफिक र चितवनको जनशक्ति छुट्टै खटिएको छ । 

एआईजी सहकुल थापाको कमाण्डमा सम्पूर्ण रूपमा सुरक्षा योजना अपनाई प्रहरीहरू परिचालन भएको उनले जानकारी दिए । उनकाअनुसार एआईजी थापा, प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की चितवन आइसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ६ : २६ बजे