चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताउनुभएको छ ।
१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताउनुभएको हो ।
महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उहाँले दाबी गर्नुभयो । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहनुभएका उहाँले महासचिव पदमा दाबेदारी प्रस्तुत गर्नुभएको हो ।
प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार २ : २१ बजे
प्रतिक्रिया