एमाले महाधिवेशन : विमानस्थल झरेर धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थाल्नुभएको छ । 

१०औं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ  । आज बिहान चितवन पुग्नुभएको  रामबहादुर थापा ‘बादल’ आफ्नो उम्मेदवारीबारे मौन बस्नुभयो  । उहाँले सहमतिमा नेतृत्व चयन गर्ने बताउनुभए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेदवारी घोषणा गरिरहनुभएको छ  । 

नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाउनुभएको छ  । उहाँले महासचिवबाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभयो  ।

सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गर्नुभएको छ  । उहाँले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताउनुभयो । 

भरतपुर विमानस्थलवाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसक्नुभएको छ । 

उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याउनुभएको छ । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : ०२ बजे