साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हामी दृढ सङ्कल्पसाथ अघि बढ्छौँ !

हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले रेल, पानी जहाज, पाइप लाइन, सुरुङ मार्गका कुरा गर्दा मजाकको विषय बनाइयो तर आज हेर्नुहुन्छ भने उहाँले जे कुरा गर्नुभयो, नेपालको विकासको रणनीतिक योजनाको अङ्ग बनिसकेका छन् । दक्षिणतिरका प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा आउँदा भन्नुहुन्छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको आकाङ्क्षालाई भारत सरकार सम्मान गर्छ । हामी वीरगन्ज हुँदै काठमाडौँ रेल ल्याउन चाहन्छौँ, सहयोग गर्न तयार छौँ भन्नुहुन्छ । 

चिनिया राष्ट्रपति आउनुहुन्छ हामी चिनियाँ रेल काठमाडौँ हुँदै लुम्बिनी पुर्‍याउन चाहन्छौँ । हामी नेपालसँग रणनीतिक योजनाका साथ सहयोग गर्न चाहन्छौँ भन्नुहुन्छ । समृद्ध नेपाल, सुखी नेपाली सरकारको आकाङ्क्षा साकार पार्न हामी सहयोग गर्न चाहन्छौँ भन्नुहुन्छ । तर नेपालका नेताहरू यो विषयमा चर्चा गर्नै चाहनुहुन्न । नेपालका नेताहरू रेलको कुरा गर्दा कार्टुन बनाउँछन् । यो दृष्टिकोणको भिन्नता हो । 

हामीले हाम्रो राजनीतिलाई विकासका मुद्दामा लान सकेका छौँ । सात सालदेखि नेपाली राजनीतिमा कुनै न कुनै पार्टीले शासकीय भूमिका निर्वाह गरे । विकासका मुद्रामा कमरेड केपी ओलीभन्दा अगाडि नेपालको विकासका लागि विकासको मुद्दामा राजनीतिलाई केन्द्रीकृत गर्न कसैले सक्यो ? आज केपी ओलीमाथि भइरहेको हमलालाई त्यो परिप्रेक्षबाट हेर्न मिल्ला कि न मिल्ला ? यो त जनताको सपना माथिको हमला हो । जनताको भविष्य माथिको हमला हो । यो पाँच दलीय गठबन्धन भनेको जनताको सपनाका विरुद्धमा भएको गठबन्धन हो । एक प्रकारले भन्नुहुन्छ भने हाम्रो राष्ट्र निर्माणको आकाङ्क्षा माथि हमलाको गठबन्धन हो । 

उनीहरू किन रोक्न खोजिरहेका छन् भने यो यात्रा अगाडि बढ्यो भने हाम्रो राजनीतिको खुद्रा बजार सधैँका लागि समाप्त हुनेछ । आज कसैले एमालेसँग एक्लै कसैले लड्ने आँट गरेका छन् ? छैनन् । यदि एमालेका नेता कार्यकर्ता देशको पक्षमा, जनताको पक्षमा नभएको भए गठबन्धन बनाउन पर्थ्यो ? तपाईँहरू कल्पना गर्नु त यसले के बताउँछ ? 

हामीले जनताको विश्वास जितेका छौँ । हाम्रो पार्टी जनताको मनमा बसिसकेको छ । त्यसबाट डराएका कायरहरूले गठबन्धन गरिराख्या‘छन् । हो, चितवनमा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनका माध्यमबाट यस विरुद्धको लडाइँका लागि हामी तयारी गरिराखेका छौँ । पाँच लाख जनताको सहभागिताबाट हामी यो लडाइँमा अघि बढ्नेछौँ । यो महाधिवेशन फेरि पनि नेकपा एमालेको नेतृत्वमा राष्ट्र अगाडि बढ्छ भन्ने कुराको सङ्कल्प हो । यसलाई हामीले बुझ्न जरुरी छ ।

एउटा बजेट विधेयक प्रस्तुत गरियो । तपाईँहरू सबैले सुन्नुभयो नि, नेकपा एमालेको नेतृत्वमा आएको लोकप्रिय बजेट प्रतिस्थापन गर्नका लागि प्रतिस्थापन विधेयक ल्याइयो । तर त्यहाँ के गरियो भन्दा १४ सय सडकका आयोजनालाई कटौती गरेर के घोषणा गरियो भने दसैँ अगावै पाँच लाख परिवारलाई दस दस हजारका दरले बाँडिनेछ । दस हजार बाँडेर यो मुलुकको विकास हुन्थ्यो कि १४ सय सडकको निर्माणले विकास हुन्थ्यो ? १४ सय सडक बिस्तार गर्दा कति रोजगार सिर्जना हुन्थ्यो होला, कति आर्थिक पूर्वाधार तयार हुन्थ्यो होला ? 

यो सरकार जनतालाई अल्मल्याउने उद्देश्यमा आधारित छ, नेकपा एमाले राष्ट्रको निर्माणको उद्देश्यमा आधारित छ । राष्ट्रको समृद्धिको यात्राबाट जनताको जीवन उकास्ने प्रक्रियामा आधारित छ ।

नेपालको संविधानले भूमिहीन दलितहरूका लागि भूमिको अधिकार प्रदान गर्नुपर्छ  भनेको छ । यो कुरा संविधानको मौलिक हकमै लेखियो । भूमिहीनका लागि भूमिको मालिक बनाउनका लागि सरकारले भूमि आयोग गठन गर्‍यो, तर यो सरकार आउने बित्तिकै सबैभन्दा पहिलो प्रहार भूमिहीन सुकुम्वासीलाई गर्‍यो ।

देशको विभिन्न भागमा पुग्नुभयो भने प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नुहुनेछ । अदालतको परमादेशबाट, गठबन्धनबाट, अध्यादेशको बाटोबाट हामीलाई विभाजित गर्ने षड्यन्त्रका माध्यमबाट हामीलाई रोक्ने जुन प्रयास भएको छ, फेरि त्यसलाई स्थापित गर्ने अभियानमा हामी जुटेका छौँ र चितवनमा गरिने राष्ट्रिय महाधिवेशनको माध्यमबाट अब हामी सही नीतिका साथ नेतृत्व चयन गर्छौँ र स्वाभाविक रूपमा अब हामी सही व्यवस्थापनका साथ अघि बढ्छौँ ।

चितवनको राष्ट्रिय महाधिवेशनको माध्यमबाट अब हामी फेरि एक पटक नेकपा एमालेले यो राष्ट्रको नेतृत्व गर्ने गरी हाम्रो अध्यक्ष कमरेड केपी ओलीलाई अभिमत प्रदान गर्ने संकल्पकासाथ हामी अघि बढिरहेका छौँ ।  

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : १९ बजे