यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले अध्यक्ष ओली आज चितवन जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशन उद्घाटनका लागि आज चितवन जाँदै हुनुहुन्छ ।

शुक्रवारदेखि सुरु हुने महाधिवेशनको अन्तिम तयारीको अवस्था बुझ्न र अन्य केही कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै चितवन जान लाग्नुभएको हो ।

एमालेको १०औँ महाधिवेशन शुक्रवार नारायणगढस्थित नारायणी नदी किनारमा हुने  उद्घाटन कार्यक्रमपछि सौराहामा बन्द सत्र आयोजना हुनेछ ।

अध्यक्ष ओली आज बिहान ११ः०० बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । उहाँले आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ  ।

एमालेले  १०औँ महाधिवेशन उद्घाटनमा पाँच लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको जनाएको छ । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ८ : २५ बजे