‘होसियार कांग्रेस ! प्रचण्डले सिध्याउलान्’

​​​​​​​काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गर्नुभएको छ । 

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र एमाले विगार्न नसकिने भएपछि अब कांग्रेसलाई बिगार्न हिडिरहेको बताउनुभयो । 

एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भन्नुभयो, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’ 

कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताउनुभयो ।  

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ३३ बजे