काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच मुलुकका गैरआवासीय राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
बुधबार सिंगापुरका राजदूत सिमोन वङ वाइ कुएन, न्यूजिल्यान्डका राजदूत डेभिड ग्रेगोरी पाइन, होली सीका राजदूत मस्ट रेभिरेन्ड लियोपोल्डो गिरेल्ली, टर्कीका राजदूत फिरट सुनेल र रोमानियाकी डेनिला मारियाना सेजेनोभ तेनीले प्रमाणपत्र बुझाउनुभएको हो ।
राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थिती थियो ।
प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ५ : २९ बजे
प्रतिक्रिया