‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री लचक हुनुभयो भने पार्टी एकताको सम्भावना अझै छ :खापुङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लचक हुनसके पार्टी एकताका लागि अझैपनि सम्भावना रहेको नेताहरुले बताएका छन् । नेकपा एमालेको माधव नेपाल समुहका सांसद भवानी खापुङ्गले अझै केही निर्णय भएको छैन हामी बैठक बसिरहेका छौ, त्यहीबाट निश्कर्र्ष निकालिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरु सिंहदरवारमा मिटिङ्ग गरिरहेकाछौ, अहिले केही भन्न सकिने अवस्था छैन ।’

यसअघि मध्यरातमा माधव नेपालले अ‍ोलीलाई पत्र लेखेर अन्तिम मौका दिइएको भन्दै ६ बुँदे शर्त नमाने प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने बताएका थिए ।  नेपाल समूहको आइतबार बसेको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई आज विहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ०३ बजे