साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

चलचित्र निर्देशक रिनाशा वान्तवा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित 

काठमाडौं । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ। इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो ।

रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराउनुभएको थियो। तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत प्राप्त गर्नुभयो। यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथो हुनुभएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ हुनुभएकी रिनाशाले (३४३) मत पाप्त गर्नुभएको थियो । ।

इलामको चुलाचुली पुर्ख्यौली घर हुनुभएकी रिनाशा केही समयअघि मात्रै इलाम जानुभएको थियो । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुनुहुन्छ ।
 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : १२ बजे