काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।
नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका शेर्पाको बुधवार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँ मोटर न्युरोन डिजिजबाट ग्रसित हुनुहुन्थ्यो ।
अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहनुभएका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासङ्घका पूर्व महासचिव पनि हुनुहुन्छ।
प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १० : १० बजे
प्रतिक्रिया