‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गुल्मीमा एकै पटक ८० हजारलाई कोभिड विरुद्धको खोप लगाइँदै

गुल्मी । गुल्मीमा एकै पटक ८० हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । 

जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मङ्गलवारबाट १८ वर्ष माथिका नागरिकलाई पुग्ने गरी खोप लगाउन सुरु भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । 

मङ्गलवारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ । 

जिल्ला आएको ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । 

यो खोप १८ वर्षभन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताउनुभयो । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ५४ बजे