यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अध्यक्ष ओलीबाट ‘मूलबाटो’ विमोचन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष कमिटीको मुखपत्र ‘मूलबाटो’ विमोचन गर्नुभएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मूलबाटोको सार्वजनिकीकरण कार्यक्रममा महासचिव एवं विशेष कमिटी इन्चार्ज ईश्वर पोखरेल, विशेष कमिटी अध्यक्ष एवं केन्द्रीय सदस्य सुजिता शाक्य, सचिव समिर नेपाललगायत चारवटै विशेष जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सो मुखपत्रमा पार्टीसँग सम्बन्धित विषयवस्तु, महाधिवेशन केन्द्रित वैचारिक सामग्री, ओली नेतृत्वको सरकारको उपलब्धिलगायतका विषयवस्तु समेटिएको सो प्रकाशनका सम्पादक श्रीधर आर्चाले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : १० बजे