एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

पाँचखाल र भुम्लुको संयुक्त आइसोलेसन

काठमाडौँ । पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्त रुपमा आइसोलेसन सुरु गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

पाँचखाल नगरपालिकाको वडा नं ४ मा रहेको समाज कल्याण प्राविको भवनमा ५० बेडको संयुक्त आइसलेसन बनाउने विषयमा पाँचखाल नगरप्रमुख महेश खरेल  र भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको बीचमा १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी भए अनुसार पूर्वाधार व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्थापन, रेखदेख र सरसफाइ संयुक्त गर्ने, स्वास्थ्य सामाग्री व्यवस्थापन संयुक्त गर्ने, खाना खाजा खर्च संयुक्त गर्ने, उपकरणहरू संयुक्त खरिद गर्ने आइसोलेसनका लागि आवश्यक जनशक्तिलाई परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउने भनिएको छ ।

आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसै घण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ ।

आइसोलेसन केन्द्रमा सशस्त्र प्रहरी बल पाँचखालले सुरक्षा दिइरहेको छ ।  

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ३० बजे