यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सौराहामा दुई हजार जना क्षमताको बन्द सत्र हल निर्माण हुँदै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ । 

महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटेल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । महाधिवेशनका सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रूपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताउनुभयो । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्द सत्र सौराहामा हुँदैछ । 

एमाले महाधिवेशनको बन्द सत्रमा करिब दुई हजार  प्रतिनिधि सहभागी हुँदैछन् । सौराहामा दुई दिनसम्म हुने महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिका अलावा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठाहरू अग्रिम बुक गरिसकेको छ । 

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरू बस्ने होटेलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता होटेलमै व्यवस्था गरिएको छ । मङ्सिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रूपमा खाने गरी होटेल सेभेन स्टारले व्यवस्थापन गर्नेछ भने मङ्सिर ११ राति पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सौराहामा नै रात्रि भोजको आयोजना गर्नुभएको छ । 

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ३९ बजे