प्रतिस्पर्धाको लागि सबैलाई छुट छ, कसैमाथि करकाप हुँदैन : अध्यक्ष ओली 

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको दशाै‌ँ महाधिवेशनमा उठ्ने छुट सबै प्रतिनीधिहरुलाई एको भन्दे कसैलाई करकाप नगर्ने बताउनुभएको छ । 

महाधिवेशनका विषयमा जानकारी दिने उद्देश्यले आज राजधानीमा आयोजित सम्पादकहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले आफूलाई कुनै चुनौती नदिएको बताउनुभएको छ 

ओलीले उपाध्यक्ष रावलले आफूलाई माया र सम्मान गरेको र उहाँको सुझावबाट आफू प्रभावित भएको समेत बताउनुभयो । ओलीले भन्नुभयो, ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। बरु म प्रति उहाँले माया र सम्मान देखाउनु भएको छ ।’ उहाँले थप्नुभयो, ‘बरु उहाँले सुझाव दिनु भएको छ, ‘उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु ।’

महाधिवेशनमा उठ्ने अधिकार सबैको भएको भन्दै ओलीले आफूले कोही कसैलाई उठ्न र नउठ्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो । ‘पार्टीका सबै नेता कार्यकर्ताहरू मेरो नजरमा सम्मान छन् । उठ्ने र जित्ने अधिकार सबैको छ, म कसैलाई उठ्नुस् या नउठ्नुस् भनेर दबाब दिने पक्षमा छैन ।’ उहाँले थप्नुभयो, ‘लोकतान्त्रिक विधिबाट प्रतिस्प्रधिबीच हुने सहमति राम्रो हो । तर म कसैलाई जर्वजस्ती सहमति गर्नुस् भनेर भन्दिन ।’  ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै कसैलाई करकाप नगर्ने बताउनुभयो । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ०६ बजे